90% voters have voted for BJP supporting their promise for identity to Gorkhas – BJP-GJM combine

90% voters have voted for BJP supporting their promise for identity to Gorkhas – BJP-GJM combine

जातीय अस्तित्व अनि चिन्हारीको निम्ति नै गोरामुमोले लोक सभा चुनावमा बिजेपीलाई समर्थन जनाएको बताउदै बिजेपी उम्मेदवार राजु बिष्टको जित प्रती आफु आशावादी रहेको गोरामुमो केन्द्रिय सदस्य सचित गहतराजले बताए ।

आज तराईको पानीघट्टामा पत्रकारहरु सित कुराकानी गर्दै यस आशयको जानकारी दिदै पहाडमा बिकास अंग्रेज़को समय देखी हुँदै आएको औ बिकासको कुरा गरेर टिएमसिले जनतालाई भ्रममा हालिरहेको तर बिजेपो सित गोरामुमो लगायत गोर्खाल्यान्डपन्थी दलहरुले जातीय अस्मिता अनि राजनैतिक सुरक्षाको निम्ति नै समर्थन जनाएको तथा बिजेपी प्रति यस बिषयमा आशावादी रहेको बताए ।अर्कोतिर , क्रामाकपाका युवा एकाई गक्रायुमो का मिरिक महकुमा सचिव मिलन छेत्रीले पनि बिकास भन्दा ठुलो कुरा जातीय अस्तित्व अनि चिन्हारीको कुरा रहेको बताउदै बिजेपी को जित निश्चित रहेको दाबी गरे।यता मिरिक महकुमामा चुनाव प्रती आम मानिसहरु लगायत युवा मतदाताहरुमा बिगत को भन्दा धेरै उत्साह देखियो ।