“Raju Bista must explain why BJP leaders abandoned Darjeeling hills during 104 days strike” GJM (Binay – Anit)

“Raju Bista must explain why BJP leaders abandoned Darjeeling hills during 104 days strike” GJM (Binay – Anit)

मिरिक: दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका गोजमुमो समर्थित तृणमूल कंग्रेस पार्थी अमरसिंह राईको चुनाउ प्रचारमा आज गोजमुमो र तृणमूल कंग्रेस पार्टीको संयुक्त रुपमा चुनावी सभाको आयोजना गर्‍यो।सौरेनी समष्टिको आयोजनामा मिरिक र सौरेनी समष्टिका तृणमूल कंग्रेस र गोजमुमो पार्टीको संयुक्त रुपमा आज बिहान सौरेनी बजार बिराट रूपमा चुनावी र्‍यालीको आयोजना गर्दै र्‍यालीको आयोजना गरियो।र्‍यालीले सौरेनी बजारको परिक्रमा गर्दै हल्लने ढुंगा सम्म पुगेर सौरेनीबजार स्थित शिवालय मन्दिरमा पुगि चुनावी सभामा परिणत भयो।तृणमूल कंग्रेस जिन्दावाद गोजमुमो जिन्दावाद अमरसिंह राई जिन्दावाद नाराले गुञ्जायमान बनेको सौरेनी बजारमा दुवै दलका पार्टीको समर्थकहरूको उपस्थिति रहेको थियो।चुनाउ प्रचारमा कुनै कसर बाँकी नराखी चुनावी प्रचारमा उत्रिएको गोजमुमो र तृणमूल कंग्रेस पार्टीले मिरिक सौरेनीमा सय प्रतिशत मत अमरसिंह राईलाई जाने छ भनि बताएका छन्।आजको यस चुनावी सभामा तृणमूल कंग्रेस हिल अध्यक्ष एलबी राई मिरिक महकुमा चुनाउ संयोजक अरूण सिग्ची, चुनाउ कमिटी अध्यक्ष अनिल छेत्री चुनाउ कमिटी पर्यवेक्षक सोभन घिसिङ गोजमुमो मिरिक महकुमा समितिका अध्यक्ष समिर राई मिरिक महकुमा समिति अध्यक्ष समिर राई उपाध्यक्ष लाडुप घिसिङ तृणमूल कंग्रेस सौरेनी समष्टि अध्यक्ष अनिल सुब्बा सचिव निपेन्द्र भारती गोजमुमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान सचिव बिनय सुब्बा लगायतका प्रतिनिधिहरूको उपस्थितिमा आज सम्पन्न भएको चुनावी सभाको अध्यक्षता गोजमुमो मिरिक महकुमा समितिका अध्यक्ष समिर राईले गरेका थिए।सभालाई सम्बोधन गर्दै तृणमूल कंग्रेस हिल अध्यक्ष एलबी राईले हामीले चुनाउ जितिसकेका छौ अब १८अप्रेलको दिन एउटा औपचारिकता मात्रै हो भने।तिनले भने आज भाजपाले दश वर्ष त्यसै बिताइ दियो।जनताले बुझिसकेका छन्।भाजपाले आश्वासन पोको बाहेक केहि पनि दिएन।हाम्रो भावाना सित खेलवाड गरेर आज कमानको श्रमिकहरूकाे अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ।केन्द्रमा भाजपाको सरकारले केही नगरेको भन्दै आज राज्यको तृणमूल सरकारले आज न्युनतम मजदुरी ऐन लागू गराएर छाडने जन आन्दोलनको समयमा मजदुर हरूले केही पाएनन्।आन्दोलन गर्ने हरूले आज जनतालाई बाटोमा अलपत्र पारेका थिए।राज्यको तृणमूल सरकारले नै आज पहाडमा शान्ति एकता कायम गर्न सफल बनेको छ।त्यसको पनि चुनाउ पछाडि राज्य सरकारले दिने भनेर मुख्य मन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी छिन्।अब पहाडमा धेरै शान्ति र बिकाश हुनेछ भनि बताएका छन्।उनले भाजपाले पहाडमा र तराईमा जित्ने सपना पूरा हुने छैन भने।पहाडमा हाम्रो र मोर्चाको पकड बलियो रहेको बताउदै बिपक्षीहरूलाई हाम्रो चुनौती छ।ब्यालेट बक्समा दिने छन् जनताले भने।सभालाई सम्बोधन गर्दै गोजमुमो नेता अनि चुनाउ कमिटीका संयोजक अरूण सिग्चीले भाजपाले पहाडवासीलाई धोका दिएको छ।राज्यको तृणमूल सरकारले नै पहाडको समस्या समाधान गर्न सक्ने छ भने।केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पनि राज्यको सिफारिस बिना कुनै प्रकारको समस्या समाधान गर्न नसकिने कुरा बताए पछि हामीले हाम्रो समस्यालाई तृणमूल कंग्रेसको सरकारले नै पुरा गरिदिने छ भने।भाजपा पार्थी राजु बिष्टलाई कटाक्ष गर्दै मणिपुरमा आफनो जातिको हक र अधिकारको लडाई लड्ने सुझाव दिएका छन्।उनले भने भाजपाले कहिले पनि पहाडको समस्या चाहेको छैन भनि बताएका छन्।भाजपाले पहाडवासीलाई धोका दिएको छ।चियाकमानबासीले के पाए।आज राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले नै पहाडको समस्या गरिदिने जमिनको पर्जापट्टा दिलाउन र गोर्खाको लामो समयदेखि भाेग्दै आएको समस्या समाधान गर्ने बचन दिएकी छिन्।हामीले चाहेको कुरा राज्य सरकारले नै पुरा गर्ने दाबी गर्दै लोकसभा चुनाउमा तृणमूल कंग्रेस पार्थी अमरसिंह राईलाई जिताएर पठाउनुपर्ने दायित्व रहेको छ भनि बताएका छन्।सभालाई ट्रेड युनियन अध्यक्ष करूणा गुरुङ नारी मोर्चा नेत्री अरूणा घिमिरेले पनि सम्बोधन गरेका थिए।