Harimaya Chettri Memorial Trust revokes support to Reseeka Chettri; Extends support to TMC candidate Amar Singh Rai

Harimaya Chettri Memorial Trust revokes support to Reseeka Chettri; Extends support to TMC candidate Amar Singh Rai

मिरिक। हरिमाया छेत्री मेमोरियल चेरिटेबल ट्रष्टले दार्जीलिङ लोकसभा संसदीय क्षेत्रको गोजमुमो समर्थित तृणमूल कंग्रेस उम्मेद्वार अमरसिंह राईलाई समर्थन गर्ने घोषणा गरेको छ । शनिबार मिरिकमा ट्रष्टका चेयरम्यान कृष्ण छेत्रीले ट्रष्ट राजनैतिक संगठन नरहे पनि पहाड तराईको हितमा राज्य सरकारको विकासमूलक कार्यहरुबाट ट्रष्ट प्रभावित बनेको बताउँदै भने हामीले निर्दल प्रार्थी ऋषिका छेत्रीलाई समर्थन गरेका थियौं । तर उनलाई गरिएको समर्थन हामीले फिर्ता लिइसकेका छौं । फिर्ता लिएकोले अब हामी तृणमूल कंग्रेसको समर्थन गरिरहेका छौं । तृणमूल प्रार्थी अमरसिंह राईलाई समर्थन गर्दै तृणमूल कंग्रेसको वरिष्ठ नेता एवं राज्यको मन्त्री अरुप विश्वासलाई पत्रचार पनि गरिसकेको बताए ।

उनले तृणमुल कंग्रेसलाई समर्थन जनाएकोबारे बताउँदै अघि भने कि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हालै दार्जिलिङको जनसभाबाट पहाडको निम्ति महत्वपूर्ण घोषणा गरेको अनि पहाडमा रोजगारीको प्रशस्त अवसरहरू दिएकोले यो निर्णय लिएको बताए।