Chandigarh resident Rajesh Singh set to contest from Darjeeling as an independent candidate; says no region in the nation faces problems faced by Darjeeling Hills

Chandigarh resident Rajesh Singh set to contest from Darjeeling as an independent candidate; says no region in the nation faces problems faced by Darjeeling Hills

मिरिक: लोकसभा दार्जिलिङ संसदीय क्षेत्रका निर्दल उम्मेदवार राजेश सिंहले आज मिरिक क्षेत्रमा चुनाव प्रचार प्रसार गरेर जनतासँग भोटको अपील गरे।प्रचारपछि एक पत्रकार सम्मेलन गरेर उनले पहाडमा जति समस्याहरू छ त्यति देशको अन्य कुनै पनि ठाउँमा नभएको बताउँदै यहाँ चियाकमानमा कैयौ समस्या रहेको जसको समाधानको निम्ति राज्य र केन्द्र सरकार गंभीर नरहेको अभियोग लगाउँदै यसको समाधानको निम्ति बिनम्रतापूर्वक यहाको मुख्यमन्त्री समक्ष अपील गरे।

उनले मिनिमम वेजेश एक्ट चियाकमानमा लागु गरिनुपर्छ भनेर सर्बप्रथम आफुले मांग उठाएको दाबी गर्दै पहाड,तराई र डुवर्सको धेरैवटा चियाकमानहरू बन्द रहेको जहा श्रमिकहरूको अवस्था एकदमै खराब रहेको आफुले देखेको अनि यदि जितेको खण्डमा यसको निम्ति कार्य गर्ने प्रतिवद्धता जाहेर गरे। सिहले यहाका गोर्खा अधिकाश जनताहरूले यसबर्ष नोटामा भोट हाल्ने निधो गरेको स्वंय उनिहरूले बताएको दाबी गर्दै उनले भने तपाईहरूको अधिकार खेरो नफाल्नुहोस आफ्नो मौलिक अधिकारको सही उपयोग गर्दै आफ्नो समस्या समाधान गर्ने ब्याक्तिलाई बहुमुल्य भोट दिनुहोस भन्दै यसपाली निर्दललाई जिताउनुहोस अनि हेर्नुहोस तपाईहरूको समस्या समाधान हुन्छ या हुँदैन।आफु चण्डीगढको रहेर पनि दार्जिलिङलाई रूचाएकै कारणले यहाबाट चुनावमा खडा भएको बताउँदै पहाडमा प्राकृतिक शुद्ध पानी रहेता पनि यहाँ स्वच्छताको निम्ति कार्य गर्नुपर्ने बताए। सिहले पहाडको सारा समस्या एकाएक गरी समाधान गर्नको निम्ति आफुलाई एकपटक मौका दिने सबैसँग आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय अधिकार मञ्चका अध्यक्ष एचबी छेत्री, अखिल प्रान्तीय गोर्खा आदिवासी बिकास परिषदमा अध्यक्ष आर पावल राई आदिको उपस्थिति रहेको थियो।