आगामी लाेकसभा चुनाउमा गाेजमुमाे समर्थित तृणमूल कंग्रेस प्रार्थी अमरसिहं राईकाे जीत निश्चित रहेकाे छ – याेगेस गाेले

आगामी लाेकसभा चुनाउमा गाेजमुमाे समर्थित तृणमूल कंग्रेस प्रार्थी अमरसिहं राईकाे जीत निश्चित रहेकाे छ – याेगेस गाेले

गाेर्खा जनमुक्ति माेर्चा सियाेक गाेपालधारा अाेकाइटी समष्टि अध्यक्ष अमित याखा देवान अनि युवा माेर्चा मिरिक महकुमा अध्यक्ष याेगेस गाेलेले अाज पत्रकारहरूसित कुराे गर्दै अागमी लाेकसभा चुनाउमा गाेजमुमाे समर्थित तृणमूल कंग्रेस प्रार्थी अमरसिहं राईकाे जीत निश्चित रहेकाे दावी गरेका छन्।अाज समष्टिका माेर्चा पदाधिकारी अनि सदस्यहरूले सियाेक भष्मे गाउँ लगायत अाेकाइटी चियाकमानकाे स्थलगत भ्रमण गरि मतदाताहरूसित भेट गरेकाे जानकारी गराँउदै द्वयले अागमी लाेक सभा चुनाउमा माेर्चा समर्थित भाजपा प्रार्थी अमरसिंह राईकाे जीत निश्चित रहेकाे दावी गरे। द्वयले शान्त भईसकेको पहाडलाई पुन भाजपाले बिमल गुरूङलाई प्रयोग गरेर अशान्ति बनाउने प्रयास गरिरहेको आरोप लगाँउदै अब पहाडमा गुरूङको कुनै अस्तित्व र औचित्य नरहेको बताएका छन्।द्वयले बिनय तामाङ र अनित थापाको नेतृत्वमा पहाडमा ब्यापक बिकाश र रोजगारको अवसरहरू प्रशस्त भईरहेको दाबी गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको सहयोगमा पहाडले राज्य बिश्वबिद्यालय पाएको धेरैवटा शैक्षिक संस्थानहरूको स्थापना भईरहेको बताउँदै यी कुराहरूलाई ध्यानमा राखी यसबर्षको चुनाउमा अमरसिंह राईलाई पहाडले जिताउनै पर्ने समयको माग रहेको बताएका छन्।