Left Out Primary Volunteer Teachers Organisation extends support to TMC candidate Amar Singh Rai

Left Out Primary Volunteer Teachers Organisation extends support to TMC candidate Amar Singh Rai

मिरिक,५ अप्रेल। लेफ्ट आउट प्राईमेरी भोलिन्टियर टिचर्स अर्गनाइजेशन मिरिक महकुमा समितिले आज मिरिकमा एक प्रेस भेला गरी सत्रौ लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रबाट तृणमुल प्रार्थी अमरसिंह राईलाई समर्थन जनाउने निर्णय लिएको छ। अर्गनाइजेशनका महकुमा अध्यक्ष प्रबीन सुनार, सचिव बिनोद शर्माले बताए अनुसार आज चुनाव कार्यलयमा मिरिक महकुमा चुनाव समितिका संयोजक अरूण सिगची, हिल तृणमुल अध्यक्ष एलबी राईसँग एक सभा गरेर यस बिषयमा ब्यापक चर्चा परिचर्चा गरेर चुनाव बिषयमा छलफल गर्दै यो निर्णय लिएको बताए।द्वयले अझ अघि बताए अनुसार आउदो दिनमा अमरसिंह राईलाई जिताउनको निम्ति भोलिदेखि नै चुनाव प्रचार प्रसारमा मैदानमा ओर्लिने बताए।आगामी दिनहरुमा पनि संगठनलाई बिभिन्न कार्यहरुतिर महत्व दिने नेतृत्वहरूले वचन दिएको द्वयले बताए।