OPINION: कालेबुङको घाइते स्वाभिमान

4 months ago PURAN CHETTRI 0

[facebook_ilike]

BY PURAN CHETTRI

माटोको युद्धकालमा सम्पूर्ण गोरखाहरू लागिपरेको समयमा २०१७ मा भने यसको रूप रंगनै फेरियो। माटो प्रेमले भरिएको मुटुहरू चोईटिए। कहिल्यै नदेखेको फुट, पहाडको तीनवटा थुम्काहरू सैद्धान्तिक रूपमा अलग भएको दिनहरू देख्न पर्‍यो । गोरखाहरू भंगालिएको देखेर मन रोयो। असत्य र झूटको खेतीबाट युवाहरू कमाई खान थाले। गोर्खाको सिङ्गो इतिहास गलत प्रमाणित भयो ।

१०४ दिनकाे बन्द पछि देखापरेकाे राजनैतिक अन्याेलताले, लगभग घुडा टेकिसकेकाे बंगाल सरकार बाैरी उठे। बिनय-अनित गाेर्खाल्याण्ड अान्दाेलनमा बंगाल सरकारकाे संजिवनी बुट्टी भएर देखा परे। ममता सरकारले गाेरखाल्याण्ड अान्दाेलन मार्न जीवनदान पाए, गाेरखाहरूले मुखकै गाँस उम्काई पठाए। बिनय-अनितलाई दलाली गराएर पहाडमा तृणमुलकरन गर्ने अवसरलाई ममताले प्रशस्तै पाईन्। गाेरखाहरूकाे हत्यारा सरकारलाई धलिमलि गर्ने अवसर हामीले नाचि-नाचि दियाैं। केही सहुलियत, पैसा र प्रशासनिक दबावमा राजा अकबरकाे भारदारहरू जस्तै बाङ्गो रूखलाई पनि सिधा भन्दै चापलुसी गर्न पुगे। याे क्रममा दार्जिलिङले सबैलाई उछिनेर अघि लागे। खरसाङ पनि याे दाैडमा पछि परेनन्। मिरीकले पनि ढुक्क संगले ममताकाे गुणगाण गाएर माटाे प्रेम भुले। याे क्रममा कालेबुङ भने पछाडी बसे।

बाैद्धिक जमात भनेर भेला गरिएकाे ब्यक्तिहरूलाई पद-भार दार्जिलिङ र खरसाङले छुट्टयाएर दिए। गणतंत्रकाे डंका पिट्दै, गणतन्त्रकै हत्या गरे। असंवैधानिक ब्यक्तिहरू कालेबुङ अाएर संवैधानिक निकायहरू माथी धावा बाेले। अघि-पछि पुलिस लगाएर सिद्धान्तको गफ हाँके। तारा सुन्दासकाे फलाम जस्ताे नभाँचिने सिद्धान्त देखेकाे कालेबुङले, बिनय-अनितकाे कुरा पत्याएनन्। कालेबुङकाे बुद्धिजीवी समुहलेनै दबावकाे बिराेध गरेर राजिनामा दिएर बिनय-अनितलाई खुल्ला चुनाैति दिए। बिचरा संचमान फसादमा परे। बाघले घाँस खाँदैन भन्ने कुरा कालेबुङले बुझाए। अनितकाे सभा बहिष्कार गरेर, जनता साथमा छैनन् भनेर देखाए। यसकाे रिस अनितले कालेबुङ नगरपालिका माथी पाेखे। संचमान, रबि, भिम र भुवनहरूलाई अाफ्नाे तथाकथित बाैद्धिक जमात बताउँने बिनय-अनितकाे बाैद्धिक स्तर जनताले छर्लङ्ग देखे।

यसरी बारम्बार कालेबुङकाे स्वाभिमानमा भएकाे हमलामा घाईते बनेकाे स्वाभिमान बाेकेर पनि कालेबुङ अाफ्नाे दुवै खुट्टामा उभिन सकेकाे छ। साम, दाम, दण्ड, भेदले पनि नहल्लिएकाे कालेबुङकाे स्वाभिमानले बिनय-अनितलाई पानी पिलाएकाे छ। कालेबुङमा भने जस्ताे संगठन बिस्तार नहुनलाई, बिनय-अनित संचमान धिमा गतिकाे (slow) भएकाे कारण देखाउँदैछन्। अनितले गाउँ -गाउँ घुमेर खटि-खटि संगठन बनाउँने तर बिनयले भने पार्टी बिस्तारमा खासै भुमिका ननिभाएकाे कारणले दुवैकाे सम्बन्ध चिस्याउन थालेकाे अवस्था छ। अब यी दुवैकाे अाशमा हाम फाल्नेहरू फेरि बिनय पन्थी र अनित पन्थीमा बाँडिने दिन धेर टाडाे छैन।

डा. हर्क बहादुरलाई कालेबुङले नेता माने तर खरसाङ-दार्जिलिङले मानेनन्। बिनयलाई दार्जिलिङले नेता देखे हाेलान् तर कालेबुङ-खरसाङले देखेनन्। अनितलाई खरसाङले पत्याए हाेलान् तर दार्जिलिङ – कालेबुङले पत्याएनन्। यस्ताेमा सिङ्गाे पहाड र तराई डुवर्सले मानेका नेता हामी माझ बिमल गुरूङ अझ छन्। बिमल बुद्धिमानी हुन-हाईनन् त्याे अर्काे बिषय हाे, तर उनी गाेरखाल्याण्ड मुद्दाको लागि ईमान्दार साबित भई सकेका छन्। याे अवस्थामा बंगाल सरकारले बिमललाई विभिन्न कानुनी अडचनमा पार्न अस्वभाविक हैन। हरेस नखाई, जाती र माटाेकाे निम्ति लडिरहनु अहिलेकाे अावश्यकता हाे। अझ पनि बंगाल सरकार बिमल संग मात्र डराउँछन् । राज्य अाफ्नाे सम्पुर्ण शक्ति लगाएर भए पनि बिमलकाे अन्त्य चाहान्छन् भने, केन्द्र सरकार बिमललाई बचाउन त चाहान्छन तर गाेर्खाल्याण्ड बिषयमा अाफ्नाे अडान स्पष्ट नगरिकन। यस्ताे अवस्थामा केन्द्र माथी दबाव बनाउँने नीति हामी संग हुनु पर्नेमा, हामी टुक्राटुक्रा हँदै गई रहेका छाैं। याे टुक्रिएकाे जातीको उत्थानकाे अभिभारा अब केवल बिमल गुरूङकाे काँधमा गएकाे स्पष्ट देखिन्दैछ। उनी यथाशिघ्र जनतामाझ अाउन र याे खण्ड-खण्ड उभेकाे गाेर्खे सन्तानलाई एकीकृत गराउन्। यहि भराेषामा कालेबुङले अाफ्नाे घाइते स्वाभिमान बचाएर राखेकाे छ। कालेबुङकाे स्वाभिमान सबै मिली अमुल्य राख्नेछाैं।

[NOTE: THE AUTHOR OF THE OPINION COLUMN IS SOLELY RESPONSIBLE FOR THE OPINIONS EXPRESSED IN HIS OR HER COLUMN.]