राजस्थानको माउण्ट आबुबाट आएकी वरिष्ट साधिका

[facebook_ilike]

मिरिक 1 नोभेम्बर ( निस ) राजस्थानको माउण्ट आबुबाट आएकी वरिष्ट साधिका एवं राज योगिनी उषा दिदी अनि गान्धी नगरबाट आएकी वरिष्ट साधिका एवं राज योगिनी कैलास दिदीको नेतृत्वमा १९ जनाको एउटा समूह प्रेम एवं वसुधैव कुटुम्बकमको सन्देस बाँडदै बिहिबार मिरिक आइ पुगे । उनीहरूलाई ईश्वरीय ब्रह्मकुमारी विश्व विध्यालय मिरिकले भव्य स्वागत जनाए । ब्रह्मकुमारी ईश्वरीय विश्व विध्यालयका ब्रह्म कुमार दुर्ग प्रसाद शर्मा अनि विश्व विध्यालयकी प्रमुख ब्रह्मकुमारी दिदी पूर्णिमाको नेतृत्वमा मिरिकका साधक साधिकाहरूले न्यानो स्वागत जनाए । ब्रह्मकुमारी ईश्वरीय विश्व विध्यालयको ध्यान कक्षमा एउटा स्वागत समारोह पनि सम्पन्न गरियो । यस अवसरमा मानव जीवनको महत्व र ईश्वरको सामिप्यतामाथि वरिष्ट राजयोगिनीआद्र उषा दिदीले विस्तारपूर्वक बताइन् । उनले पहाडको आफ्नै गरिमा रहेको बताउँदै पहिलोचोटि मिरिक आएकी तर मिरिक साँच्चै ईश्वरको घर रहेको अन्तरमनबाटै महसुस भएको बताइन । प्रकृतिको अनुपम उपस्थितिमा आफुलाई ईश्वरसंगै रहेको अनुभव भएको पनि बताइन् । उनले ईश्वरको आराधना र ध्यान वर्तमान नितान्त खाँचो छ भन्दै मानव जीवनलाई सफल र सुन्दर बनाउन ईश्वर तत्वलाई बुझ्नु जरूरी रहेको बताइन् । उनले मिरिकमा ब्रह्म कुमार अनि ब्रह्म कुमारी दाज्युभाइ दिदी बहिनीहरूसंग भेट गर्ने अनि मार्गदर्शन पनि गर्ने इच्छा जागेकोले ईश्वरको कृपाले यहाँ आइपुगेको बताउँदै पहाड प्राकृतिक सौन्दर्य हेर्न र महसुस गर्न पनि आएको बताइन् । पहाडवासीलाई सन्देश दिदै जीवनलाई आर्दश बनाउन अनि सबैलाई सेवा र परोपकारी बनाउन ईश्वरको सामिपत्य एउटा सुगम रहल ब्रह्म कुमारीको मार्ग रहेको बताइन् । सबैलाई प्रेम गर । प्रेमले नै शान्ति प्राप्ति हुन्छ । ईश्वरको सेवा भनेकै परोपकार हो । मीठो बोली सरल व्यवहारले समाजलाई ईश्वरमय बनाउँछ भन्दै पहाड ईश्वरको आशिर्वाद रहेको बताइन् ।


 

 

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.