योगेश तामाङ्ग ग्याबालाई एउटा समारोहमाझ सम्बर्द्धना

Spread the love

THE HIMALAYAN BEACON MIRIK NEWS BUREAU

MIRIK, 5 DECEMBER 2017: सौरेनी पाइनहल एकाडेमीले विध्यालयको भूतपूर्व विध्यार्थी एवं वर्तमान युवा कवि योगेश तामाङ्ग ग्याबालाई एउटा समारोहमाझ सम्बर्द्धना जनायो । कवि योगेश विजनबारी निवासी हुन् । उनको नवीन काव्यकृति “कलम” प्रकाशित भएको छ भने विजनबारीमा विमोचन पनि भएको थियो । भूतपूर्व विध्यार्थी योगेश तामाङ्ग ग्याबाको नेपाली साहित्यप्रतिको प्रेम र रूचि अनि उपलब्धिप्रति हर्षित बन्दै अझ नेपाली भाषा साहित्यको सेवा र विकासमा प्रेरणा र उत्साह प्रदान गर्न पाइनहल एकाडेमीले समारोहमा सम्बर्द्धना जनाएको बतायो । युवा कवि योगेशलाई विध्यालय परिवारको पक्षमा प्राचार्य नगेन राईको बाहुलिबाट सम्मान सम्बर्द्धना जनाइयो । मिरिकका शसक्त कवि विजय वान्तवा ” कैलासी “को मुख्य आतिथ्य अनि कवि विदुर गुरूङ्ग र युवा कवयित्री समीक्षा राई साम्सुहाङको विशिष्ट आतिथ्यमा सम्बर्द्धना कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिमा सशक्त युवा कविद्वय निमेष सुब्बा “सिकारू” विकास विस्मित थिए । कार्यक्रममा युवा कवि योगेश तामाङ्ग ग्याबालाई विध्यालय परिवारले वधाई शुभकामना दिदै यसरी नेपाली भाषा साहित्यमा कविता संग्रह निकालेर विध्यालयलाई धन्य बनाएको बताइयो । विध्यालयको यो ठूलो उपलब्धि हो । विध्यालय सकेर आफ्नो जीवनमा यसरी सकारात्मक कार्यमा संलग्न भएर साहित्य जस्तो विधामा पुस्तक प्रकाशित गरिनु ठूलो आँट चाहिन्छ । योगेशले त्यो चुनौतिपूर्ण काम गरेकोले हामी गर्व महसूस गरिरहेकाछौं भन्दै प्राचार्य नगेन राईले आफ्नो विध्यार्थीको यस्तो उपलब्धि दैख्दा गर्वले छाती फुलेको छ भने । कार्यक्रममा विध्यालयको विध्यार्थीहरूलाई प्रेरणा प्रदान गर्न विध्यार्थीहरूलाई संलग्न गराएर कविता आवृत्ति प्रतियोगिता पनि आयोजन गरियो । कविता आवृत्ति प्रतियोगितामा सृष्टिका तामाङ्ग प्रथम , मिस्का छेत्री दितृय अनि सुम्निमा राई तितृय स्थानमा आइन् । उनीहरूलाई मुख्य अतिथि, विशिष्ट अतिथिहरूको बाहुलिबाट पुरस्कार प्रदान गरियो । कार्यक्रममा उपस्थित मुख्य अतिथि , विशिष्ट अतिथि तथा अतिथि कविहरूले पनि कविता वाचन गरे । कार्यक्रममा विध्यालयकी छात्रा शुभेच्छा बराइलीले सुन्दर गीत प्रस्तुत गरिनभने विध्यार्थीहरूले सांस्कृतिक कार्रक्रम पनि पेश गरे । कार्यक्रमको सञ्चालन शिक्षक बालकुमार राई र प्रणय प्रधानले गरेका थिए ।

Related posts:

About Himalayan Beacon News Desk

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.

Leave a Reply

Your email address will not be published. Required fields are marked *