भोलिन्टयर शिक्षक शिक्षिकाहरूको 127 जनाको टोलीको एक महत्वपूर्ण सभा

Spread the love

THE HIMALAYAN BEACON MIRIK NEWS BUREAU

मिरिक १ दिसम्बर (निसं)। पहाडको बिभिन्न स्कुलतिर कार्यरत भोलिन्टयर शिक्षक शिक्षिकाहरूको 127 जनाको टोलीको एक महत्वपूर्ण सभा आज खर्साङ गोजमुमो पार्टी कार्यालयमा खर्साङ महकुमा समिति महासचिव अनोश थापाको अध्यक्षतामा सम्पन्न भयो। सभाले यो संगठन अराजनैतिक रहे तापनि जीटीए अध्यक्ष बिनय तामाङ र उपाध्यक्ष अनित थापालाई समर्थन जनाउँदै अब जीटीए मार्फत नै स्थायीकरण हुने आशा व्यक्त गरियो। यसलाई कार्य रूपमा परिणत गराउँन एउटा नयाँ शिक्षक संगठनको गठन गरियो , जसको नाम पार्बत्य माध्यमिक असुरक्षित शिक्षक संगठन राखियो , भने यसको अध्यक्ष मनोहर शर्मा , उपाध्यक्ष सोनाम भोटिया र डोल्मा लामा , महासचिव विवेक छेत्री , सहसचिव जनार्जन शर्मा, सुश्रिता छेत्री , कोषाध्यक्ष निरन छेत्री , दिलु गुरुङ, कोर कमिटिमा देवराज छेत्री , अजय छेत्री , बरूण सिञ्चुरी , अमर छेत्री , जीवन लेप्चा , प्रणित छेत्री लगायत अन्यलाई सदस्यको रूपमा समितिमा चयन गरिएको छ।सभालाई मनोहर शर्माले संचालन गरेका थिए भने विवेक छेत्री, जनार्जन शर्मा, डोल्मा लामा आदिले सम्बोधन गर्दै अब जीटीए प्रति पुर्ण आशावादी बन्दै स्थायीकरणको निम्ति जीटीएले पहल गरिदिने आह्वान गरे।अनोश थापाले स्वयसेवकहरूको समस्याबारे जीटीएले पहल गरिरहेको जनाउँदै स्वयसेवीहरूलाई धैर्यधारण गरी बसिदिने आह्वान गरे।पहाडको बिकास र रोजगारको लागि जीटीएले महत्वपूर्ण पहल शुरू गरेकोमा अनि पहाडमा शान्ति र गणतन्त्र फर्काई ल्याउनको निम्ति बिनय तामाङ र अनित थापाले जुन प्रयास गरेका छन् त्यसको निम्ति संगठनले दुबैप्रति आभार प्रकट गरेका छन्।दीर्घ दिनदेखिको पहाडका बिभिन्न बिद्यालयतिर योगदान दिई रहेका स्वंयसेवी शिक्षक शिक्षिकाहरूको योगदानलाई पनि अब जीटीएले उचित न्याय दिदै स्थायीकरणको ब्यवस्था गरिदिन्छन भनेर संगठनले आशा ब्यक्त गरेको संगठनका अध्यक्ष मनोहर शर्मा र महासचिव विवेक छेत्रीले गरेका छन् ।

Related posts:

About Himalayan Beacon News Desk

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.

Leave a Reply

Your email address will not be published. Required fields are marked *