भाजपा कालेबुङ्ग टोली ले कालिम्पोंग विधानसभा क्षेत्र अंतर्गत विभिन्न ठाँउ मा कम्बल र वूलन वस्त्र को वितरण गरयो

THE HIMALAYAN BEACON KALIMPONG NEWS BUREAU

KALIMPONG, 24 JANUARY 2018: भाजपा कालेबुङ्ग को टोली ले विगत 12 जनवरी विवेकनन्द को जन्म जयंती देखि 23 जनवरी नेताजी सुभाष चंद्र बोस को जन्म जयंती सम्म, कालेबुङ्ग विधानसभा अंतर्गत विभिन्न ठाँउ मा जाड़ो को मार ले पीड़ित जरूरतमंद जनता लाइ कम्बल, स्वेटर, जैकेट, टोपी, सुराल र अन्य तातो लुगा बाँटने 12 दिवसीय कार्यक्रम राखे को थियो।

भाजपा कालेबुङ्ग नेत्री श्रीमती अन्नपूर्णा चतुर्वेदी ले यस कार्यक्रम को जानकारी दिँदै भन्नु भयो जे भाजपा को उद्देश्य हो “सबका साथ, सबका विकास” यस विचार लाइ अघारि बढाउने मार्ग मा यो वस्त्र वितरण कार्यक्रम पनि एउटा माफ्ह्यं हो।

यस कार्यक्रम मा कालेबुङ्ग विधानसभा अंतर्गत विभिन्न ठाँउ को भाजपा कार्यकर्ता हरु ले जोर-शोर मा सहभागिता जनाये।

कम्बल, स्वेटर र अन्य तातो लुगा को वितरण दोकान-डाँरा, CSDS, सिंजि, रेली-पारी, लोअर लदाम, कागे पंचायत, एघार माईल, कालेबुङ्ग जिल्ला अस्पताल को मैटरनिटी वार्ड, कालेबुङ्ग टाउन को विभिन्न वार्ड इत्यादि जगह मा भयो।

दोकान-डाँरा मा स्थानीय भाजपा कार्यकर्ता श्रीमती सुरजा राई ले वस्त्र वितरण को संचालन गर्नु भयो। साथै विभिन्न ठाँउ मा भाजपा कार्यकर्ता श्री किरन गिरि, श्री ललित शर्मा, श्री विशाल अग्रवाल, श्री मोहन राई, श्रीमती लक्ष्मी छेत्री, श्री के.सी. पोखरेल आदि ले यस कार्यक्रम मा आफ्नो सहभागिता र योगदान दिए।

कालेबुङ्ग अस्पताल मा श्रीमती अन्नपूर्णा चतुर्वेदी ले मैटरनिटी वार्ड मा नानी हरु लाइ कम्बल वितरित गर्नु भयो।

श्रीमती चतुर्वेदी को अनुसार भाजपा सदा “अंत्योदय” को भावना यानि समाज को निम्नतम स्तर देखि विकास र सेवा को कार्य मा विश्वास गर्छ र जनता को अधिकार र सेवा को लागि संधै तत्पर बस्छ।

आउने दिन मा पनि भाजपा कालेबुङ्ग विभिन्न प्रकार को सामाजिक सारोकार को क्रियाकलाप र जनता संग आफै लाइ जोड्ने र संगठन विस्तार को लागि अघारि बढ्ने कार्यक्रम को आयोजन गर्दै गर्छ।

भाजपा नेत्री ले कालेबुङ्ग नगर को विभिन्न वस्त्र विक्रेता हरु प्रति वस्त्र र कम्बल उपलब्ध गराई दिने को सादर धन्यवाद र आभार प्रगट गर्नु भयो।

साथै विभिन्न सामाजिक संगठन को यो कार्यक्रम लाइ सफल बनाउनु मा सहभागिता प्रति भाजपा कालेबुङ्ग ले आभार जनायो।

Related posts:

About Ashap Lama

Ashap Lama
Ashap Lama is the Chief Cameraman and Coorespondent Kalimpong Region for ‘The Himalayan Beacon’.

Leave a Reply

Your email address will not be published. Required fields are marked *