चाैथाे यालम्बर सम्मान यसबर्ष मिरिकका चलचित्र निर्देशक कैलास राईलाई प्रदान गरियाे

7 months ago Himalayan Beacon News Desk 0

[facebook_ilike]

THE HIMALAYAN BEACON MIRIK NEWS BUREAU 

मिरिक  दिसम्बर (निसं) किराँत खम्बु राई सास्कृतिक संस्थान मिरिक क्षेत्र  समितिले प्रदान गर्दै अाएकाे ,संगीतकार,नाटककार कैलास राईलाई अाइबार प्रदान गरियाे।चाैथाे यालम्बर सम्मानमा राईलाई अंगबस्र,सम्मान पत्र ,उपहार अादि संस्थानका पदाधिकारीहरूले साकेला उत्सव कार्यक्रममा  अाइतबार प्रदान गरेपछि कैलास राईले हर्षप्रकट गर्दै किराँत  खम्बु राई साँस्कृतिक संस्थानप्रति अाभार प्रकट गरेका छन्।राईले याे सम्मानले अझ दायित्व बढेकाे अनि संगीत र कलाकाे क्षेत्रमा अघि बढ्न अझ ठूलो  उर्जाप्राप्त भएकाे बताए ।तिनले याे सम्मान मेराेलागि ठूलो  उपलब्धि  हाे भन्दै यस्ता सम्मानहरूले नयाँ कलाकारहरूलाई पनि प्राेत्सहान प्राप्त हुनेछ भने।नेपाली कथानक चलचित्र  अारम्भका निर्देशक राईले त्याे के दिन भन्ने नाटक पनि बनाएका छन्।अारम्भ नेपाली कथानक चलचित्रले धेरै ख्याती पाएकाे कारण हालसम्म ३६ ठाँउमा प्रद्रशित भईसकेकाे छ भने उक्त चलचित्र अागमी १० दिसम्बरमा भारतकाे राजधानी  दिल्लीमा  पनि देखाइने तय गरिएको  छ।यता किराँत खम्बु राई साँस्कृतिक  संस्थान मिरिक क्षेत्र  समितिका महासचिव  दीपराज राई अनि सह सचिव एलएम राईले संस्थानले विशेष प्रतिभावान ब्याक्तिहरूलाई याे सम्मान प्रदान गर्ने जानकारी  गराँउदै अागमी बर्षहरूमा यसलाझ अन्तर्राष्ट्रिय  सम्मान बनाँउने अनि कुनै विशेष जातिमा मात्र  याे सम्मानलाई सिमित नराखिने याेजना रहेकाे बताए ।द्वयले बाहुप्रतिभाका धनी कैलास राईलाई  चाैथाे यालम्बर सम्मान प्रदान गर्दा संस्थानले पनि गर्व अनुभाव गरेकाे बताएका  छन्।​

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.